७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको नागढुंगाबाट श्रोत नखुलेको झण्डै एक करोडसहित भारतीय युवाहरु पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१० असोज ०७८, काठमाडौं । श्रोत नखुलेको सम्पती बोकको भन्दै काठमाडौंको नागढुंगाबाट झण्डै एक करोड रुपैयाँ सहित प्रहरीले दुईजना भारतीय युवालाई पैसा सहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट श्रोत नखुलेको नगद ९५ लाख रुपैयाँसहित भारत मुम्बई महाराष्ट्र प्रदेश साङ्ली थाना घर बताउने २६ वर्षीय सागर माली र १९ वर्षीय कृष्ण अढाडेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार मालीको साथबाट नगद ५० लाख र अढाडेको साथबाट ४५ लाख गरी उक्त श्रोत नखुलेकोरुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।