११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह



१० असोज ०७८, काठमाडौं ।  सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलको बैठकमा  नेताहरुले सरकारलाई पूर्णता नपाउँदा गलत सन्देश गएको भन्दै केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

अब एक दुई दिनमै सरकारले पूर्णता पाउने दाबी पनि गरिएको छ । दल विभाजनका लागि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद हुँदा सरकारले नै पूर्णता पाउन नसकेको हो ।

अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने अडान जनता समाजवादी पार्टी (जसपा) को रहेकाले सरकारले पूर्णता पाउन नसकेको हो । उक्त अध्यादेश भने २३ भदौमा प्रतिनिधिसभामा टेबल गरिएको छ ।

अध्यादेशको टुंग्गो गरेर सरकारको काम कार्वाही चुस्त बनाउन नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले भने मन्त्री बन्नेहरूको नाम नेताहरुसँग मागेका थिए ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।