६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कागेश्वरी मनोहरा नगरले उत्कृष्ट पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार दिने



१० असोज ०७८, काठमाडौं ।  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई रू एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।आज सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको पालिका गान पठाउन माग गरेको हो । चालिसदेखि ७५ शब्दसम्म नेपाली भाषामा नगरपालिकाको पहिचान झल्किने गान नगरपालिकाको सम्पर्क ठेगानमा खामबन्द गरी पठाउन र कार्यालयको इमेलमासमेत पठाउन भनिएको छ ।

प्राप्त गानमध्ये उत्कृष्टलाई पुरस्कार दिइने नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए ।  नगरको विषय विज्ञ समितिले प्राप्त गानलाई छनौट गर्ने र आवश्यक परे परिमार्जन पनि गर्नसकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।