७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको ढुकुछापमा युवक मृत फेला,घाँटीमा भेटियो चोट



फाइनल तस्बिर

१२ असोज ०७८,डुकुछाप ललितपुर । ललितपुरस्थित गोदावरी नगरपालिका ७ सल्लेनी कटुवाल दह जाने सडक मुनी झाडीमा यसै ठाउँ बस्ने २९ वर्षीय राजकुमार भ्लोन सोमबार मृत अवस्थामा फेला परेका छन् ।
टाउको र घाटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । द्दटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
कलंकी र गेकर्णेश्व्रमा एक एक जना मृत फेला
साथै काठमाडौं महानगरपालिका १४ कलंकीस्थित गेष्ट हाउसको कोठामा भारत कोलकता घर भएका ८२ वर्षीय किशन गिरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका ६ स्थित सडकमा पार्किङ गरी राखेको बा.५ ख ६५३० नम्बरको बसमा दोलखा सैलुङ गाउँपालिका घर भई यस बसका चालक ४४ वर्षीय तुल बहादुर उप्रेती सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।