५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


परराष्ट्रमन्त्री खड्काको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट



१२ असोज ०७८, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानेले खड्कालाई कानुनी व्यवस्थाबिनै शपथ गराइएको जिकिर गर्दै शपथ बदरको माग गरेका हुन् ।

कानूनी व्यवस्था गरेर शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न÷नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ ।

केपी ओली नेतृत्वको सरकारले जारी गरेको शपथसमबन्धी अध्यादेश २०७८ संसदबाट पारित नभएकाले स्वतः निष्क्रिय भएको अवस्थामा कानूनको अभावमा शपथ लिनु कानुनी राज्यको प्रतिकूल हुने रिटमा दाबी गरिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी भदौ ६ मा पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । रिटमाथि बुधबारका लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ०५ बजे