६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चोभारमा सुक्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी



१७ असोज ०७८, काठमाडौं ।  काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले निर्माण सम्पन्न सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको बताए। गजुरेलले बन्दरगाह सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टिन, बैंक, सुरक्षानिकाय लगायतका सम्बन्धित निकायसँग छलफल भइरहेको भन्दै उनले चाँडै पूरा तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए।

सुक्खा बन्दरगाह सुरु भएसँगै व्यवसायीले सीधै काठमाडौंमा सामान ल्याउन सक्ने र छिट्टै उपभोक्तामाझ पुर्‍याउन सकिने तथा आयात, निर्यातको मूल्य घटाउन सकिने उनले उल्लेख गरे।

गजुरेलले भने‚ ‘अहिले हामी सञ्चालनको तयारी अवस्थामा छौँ। यसका लागि सम्बन्धित निकाय भन्सार कार्यालय, क्वारेन्टिन, बैंक, सेक्युरिटी, पोर्ट सञ्चालनका लागि सञ्चालक सबैजनाको सहकार्यमा छलफल भइरहेको छ र चाँडै सञ्चालनमा ल्याउने हिसाबले काम अघि बढाइरहेका छौँ।’

काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुक्खा बन्दरगाह बनेको हो।

यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टिन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा ठूला गोदाम, चेकजाँच गर्ने ३ वटा खुला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको गजुरेलले जानकारी दिए। सिसिटिभी जडान र दमकल समेत जडान गरिसकेको उनले बताए।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।