१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एकान्तकुनाबाट ललितपुरका दुई विचौलिया पक्राउ



१७ असार ०७८, ललितपुर ।  यातायात व्यवस्था कार्यालय,एकान्तकुनाबाट २ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर म.न.पा. १४, नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ र ललितपुर म.न.पा. १३, कुसुन्तीबस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन् ।
लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने२ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईलेजानकारी दिए।
महाशाखाको पीडित सहायता कक्षबाटसादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ।
पक्राउ व्यक्तिहरूलाईमहानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।