८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा खसी बोका परीक्षण सुरु, खान योग्न खशीको सिंङमा हरियो रंग



२२ असोज ०७८, काठमाडौं । काठमाडौँ महानगरपािलकाले आजदेखि खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ । महानगरले पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा परीक्षण सुरु गरेको हो ।
परीक्षणका क्रममा मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ । बिरामी भएर खान अयोग्य भेटियो भने सिङमा रातो रङ लगाइन्छ । बिरामी भेटिएका चौपायाको नमूना सङ्कलन गरेर परीक्षण पनि हुनेछ ।
महानगर वरिष्ठ पशु चिकित्सक डा अवधेश झाका महानगरलभित्रका दसैँ लक्षित चौपाया बजार कलङ्की, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन् । यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुई वटा टोली अष्टमीसम्म नियमित परिचालन हुनेछन् ।
महानगरले रोगी पशुपक्षीको ओसारपसार नगर्न, तोकेको स्थानमा मात्र चौपायाको बिक्री वितरण गर्न, स्वस्थताको चिनो (हरियो रङ) भएका चौपाया मात्र खरिद बिक्री गर्न, मासुलाई चिसोमा राख्न, राम्ररी पकाएर मात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । कामपासँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरि (थानकोट) दाउरा डिपोका चौपाया बजारमा पनि परीक्षण हुँदैछ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।