५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धन सरकार भएकाले क्षमतावान साथी छुटे : देउवा




‘स्कूल अफ डेमोक्रेसि’ले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ’ नामक पुस्तक शनिबार विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर ः रोशन सापकोटा, रासस

२३ असोज ०७८, काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका क्षमतावान र योग्य नेतालाई आफूले मन्त्री बनाउन नसकेको बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन सरकार भएकाले पार्टीका क्षमतावान र योग्य व्यक्तिहरुलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउन नसकेको प्रष्टीकरण दिएका हुन्।

‘मन्त्रिपरिषद्ले पूर्णता पाएको छ‚’ उनले भने‚ ‘तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरूलाई मन्त्री बनाउन सकिएन। यसमा म दुःखी छु।’

प्रधानमन्त्री देउवाले अहिले छुटेकालाई आगामी दिनमा उचित जिम्मेवारी दिने पनि आश्वासन दिए। देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १ : ५३ बजे