
२४ असोज ०७८, ललितपुर । गतसोमबार अन्दाजी बेलुका ७ बजेको समयमा ललितपुरको धापाखेलस्थित सिभिल होमको घर नम्बर ४ सय १७ बाट एक जना फिजान अहमद नाम गरेका व्यक्ती विदेशी नागरिक घरको झ्यालबाट भागेर गुहार मागे ।
गुहार मागेका उनी महानगरीय प्रहरी परिसर ललितपुरको शरणमा पुगेर आफू अपहरणमा परेको बताएपछि यस कार्यालयले तत्काल प्रहरी टोली खट्टिए अनि अनुसन्धान सुरु भयो ।
अपहरणमा परेको यी विदेशी नागरिक सोमबारै एयर अरेवियाको फ्लाईटबाट नेपाल काठमाण्डौ हुंदै क्यानडा जान भनी आएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
उनीहरु काठमाण्डौं आएपछि क्यानडा जानका लागि पठाउने मानिसले तपाईलाई एयरपोर्टमा मन्छे लिन आउछ भनेकोमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुई जना पाकिस्तानी नागरिक जिसान मोहम्मद र ताज रिजवान पुगे । तर उनीलाई धापाखेलस्थित सिभिल होममा लगेर डोरीले बाधेर राखे ।
तर अपहरणकारीहरुले फिजान अहमद क्यानडा पुगिसके भन्दै परिवारलाई २५ हजार डलर मागेपछि पिडितले मौका छोपी झ्यालबाट भागेर प्रहरीलाई खबर थिए ।
पिडितको वयानका आधारमा प्रहरीले घटनास्थल निरीक्षण गर्दा डोरी, ब्लेड तथा रड आदी सामाग्रीहरु फेला पा¥यो ।
त्यस घटनामा संलग्न दुई जना पाकिस्तानी नागरिक जिसान मोहम्मद र ताज रिजवान प्रहरी परिसर ललितपुरको टोलीले भोलि पल्ट सोमबार ठमेल नर्सिङचोकबाट पक्राउ गर्न सफल भयो ।
ललितपुर प्रहरी परिसरले दिएको जानकारीा अनुसार अभियुक्त पाकिस्तानी नागरिकहरुलाई गरी अपहरण तथा शरिर बन्धक सम्बन्धी मुद्दामा थप अनुसन्धानको लागि जिल्ला अदालत ललितपुरमा पेश गरी १५ दिनको म्याद थप भईअनुसन्धान भईरहेको छ ।








प्रतिक्रिया