५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दशैमा घट्यो कोरोना, संक्रमण ३ सयभन्दा कम




२९ असोज ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार ७१२ जनाको नमूना परीक्षण गर्दा देशभर २७२ जनामा कोभिड सङ्क्रमित देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ७७ पुगेको छ । आज मात्रै ७ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९ सय ३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३ सय ८ पुगेको छ । त्यसमध्ये १२ हजार २ सय ५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १ सय १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ४२ बजे