५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सासंदले दसैँ भत्ता दिए दलित बालबालिकालाई सहयोग



नयाँ नोट ।

१ कार्थिक ०७८, डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका कुनै एक विद्यालय छनोट गरेर दलित बालबालिकाको हितमा प्रदेश सरकारले उपलब्ध गराएको दसैँ खर्चको रकम सहयोग गर्ने उनले घोषणा गरेका हुन् ।
डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय आर्थिक तथा शैक्षिक दृष्टिकोणले पछि परेकाले थोरै भए पनि शैक्षिक सामाग्री जुटाउन सहज होस् भनेर सहयोग गर्न लागेको सभासदस्य शाहीको भनाइ छ ।अघिल्लो बर्षको दसैँ भत्ता पनि दलित बालबालिका अध्ययन गर्ने मुड्केचुला वडा नं ८ मा रहेको एक आधारभूत बिद्यालयलाई उनले सहयोग गरेका थिए ।
जनताको प्रतिनिधि भएकाले तिनको सुख दुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताने सभासदस्य शाही जनप्रिय नेताको रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ०७ बजे