११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी, पहिरो अपडेटः मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता




४ कार्तिक ०७८, काठमाडौं । केहि दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ। गृह मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म देशभर बाढीपहिरोमा परी ८८ जनाको मृत्यु भएको छ।
बाढी र पहिरोमा परेर ३० जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार पाँचथरमा २४ जनाको ज्यान गएको छ। छ जना घाइते भएका छन् भने त्यहाँ चार वटा घरमा पूर्णरुप क्षति भएको छ।
त्यस्तै इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ। त्यहाँ तीन जनाबेपत्ता भएका छन। दुई जना घाइते भएका छन्। त्यहाँ तीन वटा घर पूर्णरुपमा क्षति भएका छन्।
डोटीमा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन भने छ घर पूर्णरुपमा क्षति भएका छन्।

मन्त्रालयका अनुसार धनकुटामा सात जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। एक घर पूर्णरुपमा क्षति भएको छ।त्यस्तै हुम्लामा ६ जनाको मृत्यु भएको छ। एउटा घर पूर्णरुपमा क्षति भएको छ।

पहिरोले बैतडीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्र। दुईवटा घरमा पूर्ण क्षति भएको छ।
त्यस्तै डडेलधुरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। एक घर पूर्णरुपमा क्षति भएको छ।
बझाङ्गमा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव भेटिएको छ भने २१ जना अझै हराइरहेका छन्। त्यहाँ सात वटा घर पूर्णरुपमा क्षति भएको जनाएको छ।

जुम्लामा एक जना बेपत्ता भएका छन्। प्युठानमा एक जनाको बाढीका कारणले मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

सोलुखुम्बुमा एक जनाको मृत्यु भएको छ। मोरङमा बाढीका कारण एक जनाको मृत्यु भएको छ। सुनसरीमा दुई जनाको मृत्यु भएको छ। त्यहाँ एक घर पूर्णरुपमा क्षति भएको छ। उदयपुरमा बाढीबाट दुई जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।