५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज देशभर एमाले वडाअधिवेशन सुरु हुँदै



६ कार्तिक ०७८, ललितपुर । आज बाढी प्रभावित बाहेक देशभर वडा अधिवेशन अधिवेशन सुरु हुदैछ ।
पार्टीको केन्द्रिय कार्यालयले सबै स्थानीय तह र वडा कमिटिहरुलाई ८ बुँदे परिपत्र जारी गरेसँगै वडाअधिवेशन सुरु हुन लागेको हो । पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी परिपत्रमा अधिवेशन सञ्चालन गर्नका लागि जिल्ला कमिटिका पदाधिकारीहरुलाई पालिका र वडा अशिवेशनको सहजीकरणको जिम्मेवारी दिने उल्लेख गरिएको छ ।
आजै इन्टरनेटको पहुँच भएका वडा र पालिकाहरुमा पार्टी केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यसका लागि ५ ओटा लिंक पठाइने र सम्भव भएसम्म अधिवेशन हलमा स्क्रिनको व्यवस्था गर्न र सम्भव नभए मोबाईलबाट लिंक जोडेर लाउड स्पिकर गरी अधिवेशन हलमा सुनाउन अपिल गरिएको छ ।
अधिवेशनबाट कमिटि चयन गर्दा सकेसम्म सर्वसम्मत प्रकृयाबाट चयन गर्न र सर्वसम्मत हुन नसकेको खण्डमा निर्वाचनको प्रकृया अपनाउन निर्देशन दिईएको छ ।
निर्वाचनको लागि पार्टी केन्द्रिय निर्वाचन आयोगले तयार पारेको वडा÷शाखा र पालिका÷इलाका निर्वाचनसम्बन्धी सामान्य मार्गदर्शन २०७८ जारी गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : २१ बजे