५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेमा १० बुँदे विवाद, भिम रावलले पेश गरे ५ पृष्ठको फरक मत



फाइल तस्बिर

६ कार्तिक ०७८,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले स्थायी कमिटी बैठकमा फरक मत राखेसँगै एमालेमा नयाँ विवादको विउ रोपिएको छ । च्यासलमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदलबाट आएका सुझावलाई वेवास्ता गरेपछि रावलले पाँच पृष्ठ लामो फरक मत राखेका हुन् ।
‘१० बुँदे सहमति कार्यान्वयनका लागि विहीबार कार्यदलको बैठक बसेर सुझावहरू तयार पारेको थियो । स्थायी कमिटीमा धेरै सदस्यले कार्यान्वयन गर्दै जाने भनेको तथा सौहार्दपूर्ण छलफल भए पनि अन्तिममा पार्टी अध्यक्षले निष्कर्ष सुनाउँदा भएका सबै छलफलहरू, १० बुँदे सहमति, अपानिभन्दा भिन्न र अमिल्दो किसिमले अध्यक्षले त्यसको कार्यान्वयन नगर्ने किसिमले कुरा राख्नुभएकाले मेरो त्यसप्रति सहमति हुन सकेन । पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु’, उनले भने ।
रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यदलको संयोजकबाट राजीनामाको घोषणासमेत गरेका छन् । केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् । ‘यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ’, उनले भने ।
पार्टीको निर्णय नै नमान्ने र सुझावहर”लाई कार्यान्वयन गर्न अस्वीकार गरेकाले राजीनामा दिएको उनको भनाइ छ । ‘एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु’, उनले भने ।
रावलले १० बुँदे सहमतिविपरीत केन्द्रीय समितिमा मनोनीत गर्ने विषयमा पनि असहमति जनाएका छन् । ‘कुनै छलफल नगरी, विधि–पद्धतिबिना दुई जना राख्ने कुरामा असहमति छ’, उनले भने । रावलले आफ्ना लागि महाधिवेशन महत्त्वपूर्ण कुरा नभएको बताए । पार्टी एकताबद्ध बनाउने कुरा ठूलो भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ५१ बजे