७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जोरपाटीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, बाबुको मृत्यु, छोरी घाइते



९ कात्तिक ०७८, काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–४ माकलबारीका ४४ वर्षीय गंगाराज राईको मृत्यु भएको हो ।
मंगलबार बिहान बा २ ख १३८ नम्बरको ट्याङकरले बा६३प ६२०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा स्कुटरमा सवार उनकी १९ वर्षीया छोरी सुस्मा राई घाइते भएकी छन् । उनको उपचार भइरहेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।