८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको एमाले महानगर कमिटीमा महिला नेतृत्व, मञ्जली शाक्य विजयी



१० कात्तिक ०७८, ललितपुर । नेकपा एमालेको ललितपुर महानगर कमिटीेमा पहिलोपल्ट महिलाको नेतृत्वमा महानगर कमिटी निर्वाचित गरिएको छ । मंगलबार ललितपुरको ज्वागलमा आयोजित नगरअधिवेशनमा पहिलो पल्ट पार्टीको जिल्ला तहको महिला नेतृत्वको रुपमा मञ्जली शाक्य आश्था निर्वाचित भएकी छिन् ।
नगर कमिटीको अध्यक्षमा शाक्यको मात्रै दावी परेको थियो । अन्य पदमा भने छलफलपछि सर्वसम्मत निर्णय भएको अध्यक्ष शाक्यले ललितपुर खबरलाई बताइन् ।
पुर्वमाओवादी पृष्ठभूमिबाट राजनीतिमा आएकी शाक्यको वास्तविक नाम आश्था शाक्य भए पनि उनीको राजनीतिक नाम मञ्जली शाक्य हो । शसस्त्र माओवादी युद्ध लडेकी शाक्य पार्टी एकतापछि एमालेमै रहेर राजनीतिमा सक्रिय छिन् ।
नेकपाको केन्द्रिय कमिटी सदस्य समेत रहेकी शाक्य वागमती प्रदेश सदस्य समेत हुन् ।
मंगलबार ललितपुरको ज्वागलमा आयोजना भएको नगर अधिवेशनले शाक्यको नेतृत्वमा १ सय १ जनाको नगर कमिटी निर्माण गरेको हो ।
कमिटीको उपाध्यक्ष मोहन सिलवाल, सचिव ज्ञानेन्द्र शाक्य,उपसचिव ज्ञानभक्त डंगोल र दिपेन्द्र सिम्खडा सर्वसम्मत निर्वाचित भएका छन् ।
नगरकमिटीले सचिवालय भने बनाई नसकेको कमिटी अध्यक्ष शाक्यले ललितपुर खबरलाई बताइन् । उनले भनिन्, ‘नगर कमिटीको पूर्ण पूर्ण बैठकले ३० जनाको सचिवालय गठन गर्नेछ ।’

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।