८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमालेको मेलम्ची नगर अधिवेशन फेरि सर्‍यो



१० कात्तिक ०७८, मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी एमालेले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन फेरि सारेको छ।
यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै १५ गतेका लागि सारिएको हो। नगर अधिवेशन आयोजक कमिटीको मंगलबार मेलम्चीमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो।
केन्द्रको निर्णय अनुसार देशका अधिकांश स्थानमा कात्तिक ९ गते पालिका अधिवेशन सम्पन्न भए पनि मेलम्चीमा भने पूर्वनिर्धारित मिति २ पटक सरेको हो।

 

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।