७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नरेफाँटबाट दुई किलो चरेससहित दुई व्यक्ति पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

११ कार्तिक ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलावसिंह स्याङ्बो रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्रबाट गए राति खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा चरेस फेला पारेपछि पक्राउ गरिएको जनाइएको छ ।

यसैबीच सोही ठाउँस्थित सडकबाट १५० ग्राम गाँजा र ९०० ग्राम चरेससहित ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्ने ३४ वर्षीय अविनाश राजभण्डारीलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौँ गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का २७ वर्षीय मीनबहादुर पाइनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको साथबाट ५० दरका ११ थान अमेरिकी डलर, एक दरको १ थान, २० दरको ३३९ थान, १० दरको ३६७ थान डलर, चार थान मोबाइल, प्रदेश ०२–३०प ६९१६ नंको मोटरसाइकल र रु पाँच लाख बरामद गरेको छ । उक्त घटनाका फरार अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।