२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा आफ्नै पत्नीलाई मट्टितेल खन्याएर हत्याको प्रयास



११ कार्तिक ०७८, ललितपुर ।  ललितपुरको एक इँटा भट्टमा कार्यरत मजदुरले आफ्नै पत्नीलाई मट्टितेल खन्याएर हत्याको प्रयास गरेका छन्।
दुवैले मदिरा पिएपछि भएको विवादका क्रममा बिहीबार बिहान गोदावरी नगरपालिका–१३ मा बस्दै आएका राजु देसारले श्रीमती मुना देसारलाई मट्टितेल खन्याएर जिउँदै जलाउने प्रयास गरेका हुन्।
ललितपुर प्रहरीका अनुसार जलेर गम्भीर घाइते मुनाको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। राजुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।