६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीशविरुद्ध बारको चरणवद्ध आन्दोलन घोषणा




१२ कात्तिक ०७८, काठमाडौं । नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएको छ । शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।

१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारको चेतावनी छ । त्यस्तै बैठकले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न र निर्णय प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ । बारले अन्य न्यायाधीशको हकमा भने केही बोलेन ।

बारले ९० वटै युनिटको भर्चुअल बैठक राख्ने निर्णय पनि गरेको छ । न्यायपालिकाको समग्र सुधारका लागि उदेश्यले आन्दोलन गर्नुपरेको भन्दै बारले सवैको सहयोगको अपेक्षा गरेको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : २२ बजे