८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरस्थित भट्टेडाँडा क्षेत्रका खानी बन्द



भट्टेडाँडामा भुकम्पपछि बनाइएका नयाँ घरहरु । तस्विर ः ललितपुर खबर

१३ कात्तिक ०७८, चापागाँउ । दक्षिण ललितपुरको वागमती गाँउपालिकास्थित भट्टेडाँडा आसपासका खानी बन्द गर्न गाँउपालिकाले निर्देशन दिएको छ । शुक्रबार कार्यालय समयमा सूचना प्रकाशित गरेर गाँउपालिकाले पालिकाभित्रका वालुवा खानी,ढुंगा,गिटी र माटो ननिकाल्न अनुरोध गर्दै कात्तिक १३ गते शनिबार (आज)बाट खानीहरु बन्द गर्न निर्देशन दिएको हो ।
गाँउपालिकाले नयाँ ठेक्का लगाउने प्रकृया सुरु गर्नेका लागि खानी बन्द गर्ने निर्णय गरेको गाँउपालिकाका संचार संयोजक दिपक समिरले ललितपुर खबरलाई बताए । उनले भने, ‘ठेक्का लागेपछि पुन उत्खननको अनुमती दिइनेछ । खानी केही दिनमात्रै बन्द हुन्छ ’


यस अघि गाँउपालिकाले पटक पटक टेण्डर आह्वान गर्दा टेण्डर नपरेपछि गाँउपालिकाले अमानतमा कर उठाउदै आएको थियो । यो पल्ट गाँउपालिकाले टेण्डर लगाउने निर्णय गरिसकेको छ ।
दक्षिण ललितपुरको वागमती गाँउपालिकाको छपेली, भट्टेडाँडा, यास्पा,डाँडागाँउलगायत स्थानमा वालुवा रहेको छ ।
गाँउपालिकाको छपेलीमा सञ्चालित खानीबाट वालुवा उत्खनन भइरहेको छ ।
गाँउपालिकाको भालुखोला र वगुवा क्षेत्रमा झण्डै दर्जनको संख्यामा वालुवा प्रशोधन केन्द्र सञ्चालित छन् । यी प्रशोधन केन्द्रले भालुखोला र खानीखोलामा वालुवा चालेर पानी खोलामा छोड्दा पानीको श्रोत फोहोर भएको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । साथै गाँउपालिकामा अबैध रुपमा वालुवा उत्खनन गर्ने क्रम बढेको भन्दै स्थानीयबासी गुनासो गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ११ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।