७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठेचोमा दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु




ललितपु्र खबर
१३ कात्तिक ०७८, चापागाँउ । ललितपुरको ठेचोमा दोश्रो मेयर कप २०७८ सुरु भएको छ । अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले ठेचो दुरीखेलस्थित खेल मैदानमा शनिबार फुटवल हस्तान्तरण गरेर फुटवल प्रतियोजिताको शुभारम्भ गरे ।


टु स्टार क्लबको आयोजनामा २०७८ बैशाख २७ गतेबाट आयोजन ागर्ने घोषणा भइसकेको यस प्रतियोगिता कोरोना माहामारीको दोश्रो लहर आएपछि गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो ।
‘विविधतामा एकता’ भन्ने मूल नाराका अन्तर वडास्तरीय उक्त फुटबल प्रतियोगिता क्वलको क्लबको २७औँ वार्षिकोत्सब तथा दीपावली, नेपाल संवत र छठ पर्वको उपलक्षमा आयोजना गरिएको हो । प्रतियोगितामा विभिन्न वडाबाट २० टोलीको सहभागिता रहने जनाइएको छन् ।


कर्यक्रममा बोल्दै संघका अध्यक्ष शेर्पाले गोदावरीका विभिन्न प्रतियोगितामा एन्फाले सहयोग र सहकार्य गर्ने बचन दिए । उनले राष्ट्रिय स्तरका प्रतियोगिता गर्न चापागाँउको टाहाखेलमा खेल मैदान तयार हुन लागेको भन्दै खुशी व्यक्त गरेका थिए ।


नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेलाडीहरुको उर्भर भूभि गोदाव।ी नगरको ठेचोका युवालाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले विभिध कार्यक्रमहरु न्गरपालिकाले ल्याउन लागेको बताएका थिए ।
गोदावरी नगरपालिका वडा नं १२ सहआयोजक तथा सहकारी पे पावर्ड बाइ प्लानेट अर्थ सोलुसन प्रायोजक रहेको यस प्रतियोगिताका विजेताले नगद रु १ लाख र ट्रफी प्रदान गरिनेछ भने उपविजेतालोई नगद रु ५० हजार र ट्रफी दिइने छ । प्रतियोगिता यहि कात्तिक २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।