१४ कात्तिक ०७८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आज आइतबार चरणबद्ध आन्दोलन थालेको छ।
प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम शुरु गरेको हो।
यसअन्तगर्गत वकिलहरुले कालो पट्टी बाँधेर धर्ना शुरु गरेका छन्।
बारका विरोध कार्यक्रम
–मिति २०७८ कार्तिक १४/५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालो पट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।
–मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्रांगणमा धर्ना तथा विरोधसभा गर्ने।
–न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन (नेबाए) को निर्णयको बारेमा ९० वटै बार एकाइहरूमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।
–नेबाएका ९० वटै बार एकाइहरूका अध्यक्ष र सचिवज्यूहरूसँग भर्चुअल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने।
–उल्लिखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने।
प्रतिक्रिया