२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छः सिंह   




१४ कात्तिक ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् ।

नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताए ।

“देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ”, उनले भने, “पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू पार्टी सभापति बन्नुपर्ने हुन्छ ।“ नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनका लागि आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले केपी शर्मा ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायलयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अदालतलगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत गर्दा अहिलेको अवस्था उत्पन्न भएको हो भने ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।