६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोप–२६ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा



१५ कात्तिक ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज र भोलि (नोभेम्बर १ र २) सञ्चालन हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन ग्लास्गो पुगेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति  प्रधानमन्त्री देउवा आइतबार राति लन्डनबाट स्कटल्यान्डको इडिनवर्ग हुँदै ग्लास्गो पुगेका हुन्।

स्थानीय समयानुसार उनले आज सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै उनले  विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन्।

भ्रमणका दौरान उनले भोलि मंगलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सोही दिन उनले  श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता गर्नेछन्।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्य (बेलायत) को राजधानी लन्डन पुगेका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार त्यहाँ विभिन्न संघसंस्थाका पदाधिकारीले  भेटवार्ता गरेका थिए। साथै उनी विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

ग्लास्गोमा अक्टोबर ३१ मा सुरु कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्ने छ।

रासस

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ३५ बजे