८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबासीलाई मेलम्चीको पानी तत्कालै वितरण गर्ने मन्त्री चौधरीको भनाई



मेलाम्ची खानेपानी आयोजना । फाइल तस्विर

१६ कात्तिक ०७८, झापा । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ बासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने बताएका छन् ।
खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आएका मन्त्री चौधरीले आज मंगलबार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा विज्ञहरुको टोलीले निरीक्षण गरेको र आफूले स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौँ बासीलाई अस्थायी रुपमा भए पनि खानेपानी उपलब्ध गराउने बताएका हुन् ।
आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौँ बासीलाई खुवाउने प्रतिबद्धता जनाएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाए । मन्त्री चौधरीले झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागि पर्ने उल्लेख गरेका छन् ।
उनले मुलुककै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा चिनिएको बिर्तामोड साना सहरी खानेपानी आयोजनाका लागि यसै वर्ष थप उपकरण प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईंले झापामा सञ्चालित खानेपानी आयोजनाका विषयमा जानकारी दिएका थिए ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।