८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तिहारको दिपावली गर्दा आगलागी, दुई झपडी जलेर खरानी



१९ कात्तिक ०७८, दमक । दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा तिहारको दिपावली गर्दा गएराति आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो । एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि छाप्राका भाँडावर्तन, खाद्यान पूर्णरूपमा नष्ट भएको थियो ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।