१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्वास्थ्य मापदण्ड पालना गरेर भाईटिका लगाउन प्रधानमन्त्रीको आग्रह




२० कात्तिक ०७८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोरोनाको जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोरोना विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् ।
भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोरोना विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् ।
सन्देशमा कोरोनाको प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ ।
सन्देशमा प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन नसक्नेप्रधानमन्त्रीको भानई छ । प्रधानान्त्रीले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।
स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
भगवान् सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा गई पाँच दिनसम्म बसेर रमाइलो गरेको हुँदा यसैको सम्झानास्वरुप यपपञ्चकका रुपमा पाँच दिनसम्म मनाइने, ढोकामा ओखरलाई फोडेर दिदीबहिनीले दाजुभाइको पूजा गर्दै दीर्घायूको कामना गर्ने विशेष दिनका रुपमा पनि भाइटीकालाई लिने गरिएको प्रसङ्ग सन्देशमा उल्लेख गरिएको छ । रासस

 

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ५ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।