७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा धान नफल्ने पीडित किसानलाई नगरपालिकाले राहत दिने



बज्रवाराही फाँटमा विग्रेको धानको वाला । ललितपुर खबर

२३ कात्तिक ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिकाले धानको बोटमा भुसमात्र लागेर धान नफलेपछि पीडित किसानलाई राहत दिने भएको छ । सोमबार राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, जिल्ला कार्यसमितिको आयोजना र नगरपालिकाको सहआयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले पीडित किसानलाई राहत प्रदान गरिने बताएका छन् ।
नगरपालिकाका करिब ७० किसानले २ सय रोपनी जमिनमा लगाएको धान उत्पादन नभएर किसान पीडामा परेकाले क्षति भएअनुसारको क्षतिपूर्ति नगरपालिकाले दिन नसके पनि केही राहत भने उपलब्ध गराउने उनले जानकारी दिएका छन् ।
नगरपालिकाको कृषि विज्ञले सिफारिस नगरेको र किसानलाई नलगाउन भनिएको धान नफलेर भुसमात्रै भएकाले धेरै फल्ने आशामा जथाभावी धान नरोप्न नगरप्रमुख मिश्रले किसानलाई सुझाव दिए ।
कार्यक्रममा चाँगुनारायण र सूर्यविनायकका पीडित २ सयभन्दा बढी किसानको सहभागिता थियो । किसानले चिनियाँ धान डिवाइ २८, खुमल–८ लगायत धानको बीउ ल्याएर रोप्दा उत्पादन न्यून भएको बताएका छन् । हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले अब सरकारले आफूहरूलाई राहत दिनुपर्ने किसानको माग थियो ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।