६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


३९७ जनामा कोरोना संक्रमण



२६ कात्तिक  ०७८, काठमाडौं । नेपालमा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४९८ सक्रिय संक्रमित छन्।गत २४ घण्टामा ३८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ।

उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १९० जना आइसीयू र ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ३३ बजे