८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरबाट छानिए एमालेका १८ जना महाधिवेशन प्रतिनिधि



शनिबार ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु । तस्विर : न्युज कारखाना

२८ कात्तिक ०७८, ललितपुर । ललितपुरमा नेकपा (एमाले)का १८ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । उनीहरु १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा सहभागी हुनेछन् ।
शनिबार भएको निर्वाचनमा ललितपुर ३ बाट बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन र महिला कोटाबाट कमला थापा निर्वाचित भएका छन् ।
ललितपुर १ बाट संघीय सासंद नवराज सिलवाल, प्रदेश सांसद मधुसूदन पौडेल र चेतनाथ संजेल,महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, एमाले ललितपुर सचिव पुरुषोतम आचार्य, महिलातर्फ तारा संजेल र अन्नपूर्ण बस्नेत सर्वसम्मत चयन भएको एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यले बताए ।
आचार्यका अनुसार ललितपुर–२ बाट एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार,रामेश्रवर श्रेष्ठ,चिरञ्जीवी आचार्य,राम राउत र महिलातर्फ मन्जरी शाक्य चयन भएका छन् । जिल्लाबाट दलीत कोटामा दिनेश अछामी सर्वसम्मत भएका छन् ।
१० मंसिरदेखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा देशभरका ७७ जिल्ला र जनवर्गीय संगठनका पाँच प्रतिशत मनोनयन समेत गरी १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

एमालेले गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरेको थियो । जिल्ला र प्रदेशको नेतृत्व चयन भइसकेको छैन । न्युज कारखाना

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।