२८ कात्तिक ०७८, काठमाडौं । मुस्ताङ थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा हिमपहिरो जाँदा सात जना घाइते भएका छन् । हिमपहिरो आएपछि भाग्ने क्रममा ७ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले बताए ।
घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको छ । थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनका अनुसार पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्ने आशंका गरिएको छ ।
प्रतिक्रिया