६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ३०६ जनामा कोरोना संक्रमण



२८ कात्तिक ०७८, काठमाडौं । नेपालमा आइतबार थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ६०६ जनाको नमूना परीक्षण गर्दा आइतबार ३०६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर र १ हजार ५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २९१ र एन्टिजेन परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार देशका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ।

गत २४ घण्टामा ३४८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन्।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ३८ बजे