७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थापाथलीबाट एयर गनसहित एक पक्राउ 



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२८ कात्तिक ०७८, काठमाडौं ।  नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले उक्त हतियार काठमाडौँ महानगरपालिका–११ थापाथलीमा रहेको नाथको डेराबाट बरामद गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।