७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकमा मिनी ट्रक दुर्घटनामा, एकको मृत्यु, दुई घाइते



२० कात्तिक ०७८,सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ फुस्रे्रेमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा जुगल गाउँपालिका २ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ । सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।
आलु लोड गरिएको बा५ख ६५६३ नंको आइचर ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदै गर्दा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा साँघुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।