६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


४१६ कोरोना संक्रमित थपिए



२९ कात्तिक ०७८, काठमाडौं । नेपालमा थप ४१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ।उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। २२५ जना आइसीयू र ६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ३१ बजे