७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं टोखाको राजनीति : पूर्वाग्रह राखेको भन्दै एकीकृत समाजवादी असन्तुष्ट




२९ कात्तिक ०७८, काठमाडौं । टोखा नगरपालिकाले यही कात्तिक ३० गते कोरोना नियन्त्रणमा सहयोग पु¥याउने विभिन्न उपभोक्ता समितिका प्रतिनिधिलाई गर्न लागेको सम्मान कार्यक्रममा राजनीतिक पूर्वाग्रह राखेको भन्दै नेकपा (एकिकृत समाजवादी) टोखा नगर कमिटीले असन्तुष्टि व्यक्त गरेको छ ।


यस कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले सबै दललाई निमन्त्रणा गरेर एकीकृत समाजवादी निकट कमिटीलाई नबोलाइएको भन्दै पार्टी टोखा नगर कमिटीले सहभागिता नजनाउने भएको छ । टोखा नगरपालिका ९ का वडाध्यक्ष जेपी नेपालले आफ्नो दल राष्ट्रिय पार्टी भएको भए पनि नगरपालिकाले गर्ने कार्यक्रममा प्रमुखले सर्वदलीय प्रतिनिधिलाई बोलाएर आफूहरूलाई निषेध गरेकाले कार्यक्रम बहिष्कार गर्ने जानकारी दिएका छन् ।
उनले भने, “निर्वाचन आयोगले राष्ट्रिय मान्यता दिएको दललाई कार्यक्रममा बोलाइएन । म यहाँको वडा अध्यक्ष मात्रै होइन, पार्टीको प्रतिनिधि पनि हुँ ।” वडाध्यक्ष नेपाल एकीकृत समाजवादीका टोखा नगरपालिकाका पार्टी प्रमुखसमेत हुन् ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।