१ मंसिर ०७८, काभ्रे । काभ्रेको पर्यटकीय स्थल बल्थली आजकल रमाइलो भएको छ । चिसो बढेसँगै हिमाल खुलेको छ । गोधुली साँझमा क्षितिजमा सूर्यास्तको बेल मनमोहक आकाश देखिन थालेको छ । नजिकका पाखा पखेरामा ढकमक्क तोरी फुलेर पहेलो देखिएको छ ।
अहिले काठमाडौंबाट ६० किलोमिटर दुरीमा रहेको बल्थली धुम्ने सिजन हो । यहाँ शनिबार भीड हुन्छ ।
पछिल्लो समय पनौतीको बाह्र बर्षे बेलाका कारण पनि बल्थलीको आर्कषण बढेको एक स्थानीय होटल व्यावसायीले बताए । उनले भने, कोरोनापछि उठ्न थालेको यहाँको पर्यटन व्यावसाय पनौती जात्राले उकास्ने विश्वास छ ।
लेन्स : बदल्थी भिलेज रिर्सोट
प्रतिक्रिया