९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलन



३ मंसिर ०७८, बनेपा । नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले साहित्यिक पत्रपत्रिकालाई प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पारिए पनि विज्ञापन पाउन अझै सङ्घर्ष गर्नुपरेको बताएका छन् ।

नेपाल साहित्यिक पत्रकार सङ्घको काभ्रेपलाञ्चोकको बुडोलमा आयोजना भएको चौथो राष्ट्रिय सम्मेलनमा उनले साहित्यिक पत्रकारिता देशको जेठो पत्रकारिताको रुप धारण गरे पनि त्यसले गति लिन नसक्नुका मुख्य कारण राज्यले आवश्यक सहयोग गर्न नसक्नु रहेको बताए ।  नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माले अब नयाँ आउने कार्यसमितिले साहित्यिक पत्रकारहरुको पक्षमा राम्रो काम गरेको हेरेर रम्न चाहेको बताए । उनले आफ्नो कार्यकालभरिमा सौहाद्र्रपूर्ण वातावरणमा काम गरेको उल्लेख गर्दै अबको कार्यकालमा अझ त्योभन्दा बढी राम्रो गर्न शुभकामना दिए ।
सङ्घका उपाध्यक्ष चेतनाथ धमलाले साहित्यिक पत्रकारितालाई राज्यले अझै पनि उपेक्षा गरेको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।