८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चामुथलीमा पानी ट्याङकी उद्घाटन



३ मंसिर ०७८, भक्तपुर । सूर्यविनायक नगरपालिका–९ चामुथलीमा एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण भएको छ ।

दिव्य डाँडा खानेपानी उपभोक्ता समितिले ३५० घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ सो ट्याङकी निर्माण गरेको हो । सो ट्याङकीबाट स्थानीयवासीलाई पानी वितरणसमेत सुरु गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले आज संयुक्तरुपमा उक्त ट्याङकीको उद्घाटन गर्दै पानी वितरणको शुभारम्भ गरेका हुन्।

त्यसैगरी, सूर्यविनायक नगरपालिका–८ जगाती, बाँसिडोल हुँदै सिपाडोल (भक्तपुर इँटा टायल पर्खालसँगै) जाने आठ मिटर चौडा सडक विस्तार र स्तरोन्नति सुरु भएको छ । सरकारको रु ४५ लाख उपभोक्ताको ५५ लाखको लागतमा निर्माण सुरु भएको सो सडकको सांसद बस्नेतले शिलान्यास गरेका छन् ।

त्यसैगरी आजै सुनपा–८ सिपाडोल वडा कार्यालयबाट नैचाल बोकाचो गढी जाने सडकको शिलान्यास गरिएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापा र वडा नं ८ का वडाध्यक्ष किरण थापाले शिलान्यास गरेका सो सडकको निर्माण सहरी विकास मन्त्रालयको रु ४५ लाखको लागतमा हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।