९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा प्रहरीको ‘स्मार्ट कन्ट्रोल रुम’, अपराध नियन्त्रणमा थप सहज हुने अपेक्षा



५ मंसिर ०७८, ललितपुर । ललितपुरमा प्रहरीको ‘स्मार्ट कन्ट्रोल रुम’ निर्माणको अन्तिम चरणमा पुगेको छ ।
महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरमा कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको प्रयासमा निर्माण सम्पन्न हुन लागेको हो । यो नेपाल प्रहरीको नेपालकै सबैभन्दा नमूना कन्ट्रोल रूम हुने जनाइएको छ ।
यो कन्ट्रोल रूम निमार्ण भएपछि अब ललितपुर जिल्लामा हुने अपराध नियन्त्रणमा थप सहज हुने अपेक्षा गरिएको छ ।
नागरिकको गुनासो वा अपराध बारे प्रहरी कन्ट्रोलमा फोन गर्दा त्यो गुनासो वा जानकारी अटोमेटिक रूपमा कम्प्युटरमा सुरक्षित हुनेछ ।

 

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।