५ मंसिर ०७८, काठमाडौँ । नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २३ परिक्षणमा २३८ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ६४ रहेको छ।
काठमाडौँ उपत्यकामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन्।
प्रतिक्रिया