६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १८१ सहित नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण



८ मंसिर ०७८, काठमाडौं । नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ।

बुधबार २३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको छ।
काठमाडौँ उपत्यकामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ३५ बजे