६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेले थप्ने भयो केन्द्रीय सदस्यलगायत पदाधिकारी




११ मंसिर ०७८,काठमाडौं । नेकपा एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी थप्ने प्रस्ताव आएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा २२५ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका हुन् ।
८ बजे सौराहस्थित जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष ओली ११ बजे आएपछि केन्द्रीय समिति बसेको थियो ।
सर्वसम्मत नेतृत्व चयन गरेर एकताको महाधिवेशनको सन्देश दिन ओली पदाधिकारी र केन्द्रीय सदस्य थप्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।
पदाधिकारी संख्यामा ८ जना उपाध्यक्ष र तीन जना उपमहासचिव राख्ने प्रस्ताव गरिएको छ ।
स्थायी समिति सदस्य भने ४५ जना यथावत राखिएको छ ।
अध्यक्ष ओलीको प्रस्तावमा ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने पनि उल्लेख छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ३० बजे