१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महाधिवेशनः ८ बुँदे आचारसंहिता, छुट्टै भेला तथा बैठक गर्न रोक




११ मंसिर ०७८, काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बन्दसत्र कार्यक्रम गरिँदै छ।
बन्दसत्रको कार्यक्रम पहिले निर्धारित समयभन्दा २ घण्टा ढिला मध्याह्न १२ बजे सुरु हुने एमाले नेताहरूले बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतीको प्रयास गरिरहकाले बन्दसत्र सुरु हुन ढिलाइ भइरहेको बुझिएको छ।

यसैबीच बन्दसत्रमा प्रतिनिधि तथा उम्मेदवारहरूले पालना गर्नुपर्ने ८ बुँदे आचारसंहिता जारी गरिएको छ। ​एमालेको निर्वाचन समितिले तयार पारेको आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने, ४ इन्चभन्दा लामो प्रचार सामग्री प्रयोग गर्न नपाइने, बन्दसत्र अवधिमा छुट्टै भेला गर्न नपाइने, भोजभतेर गर्न नपाइने र मादक पदार्थ पिएर प्रचार गर्न नपाइने उल्लेख छ।

यस्तै समूहगत रूपमा उम्मेदवारी लेखिएका वा छापिएका सामग्री हेरेर मतदान गर्ने नपाइने भनिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।