२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भिम रावल अध्यक्ष पदका लागि मनोनयन पत्र दाखिला गर्ने, ध्वनि मत नस्वीकार्ने भनाई



१२ मंसिर ०७८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयनका लागि आह्वान गरेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले केही बेरमा अध्यक्षमा मनोनयन पत्र दाखिला गर्ने बताए ।
अध्यक्षमा लड्नका लागि यसअघि पनि राजनीति निर्णय गरिसकेको उनले जानकारी गराए ।
उनले आफूसँग कसैले सहमतिबारे केही कुरा नगरेको उनले स्पष्ट पारे ।
रावलले ध्वनि मत, हाते मत आफूलाई स्वीकार्य नहुने चेतावनी दिए । ‘गोप्य निष्पक्ष र मतदान हुनुपर्छ । दबाब र प्रभावबाट मुक्त भएर मतदान हुनुपर्छ,’ उनले भने । न्युज कारखाना

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।