१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचनसम्बन्धी प्रक्रिया विहानसम्म स्थगित, रावलले मनोनयन दर्ता गर्न पाएनन्



१२ मंसिर ०७८, सौराहा । नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया भोलि (सोमबार) बिहानसम्मका लागि स्थगित गरिएको छ । उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया आजै पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

आयोगले कार्यतालिका संशोधन पनि गरेको छ । भोलि राति ९ बजेबाट मतदान भई पर्सी ३ बजेसम्म जारी रहनेछ ।

निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा. भीम रावलले आजै मनोनयन दर्ता गराउन सकेनन् । अब उनले भोलि मनोनयन दर्ता गराउनुपर्नेछ । न्युज कारखाना

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।