१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन नसकिदै भिम रावलले भने, ‘धाँधली भयो’




१४ मंसिर ०७८, सौराहा । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडेको भन्दै रावल पक्षले विरोध जनाएको छ ।
एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिता विपरीत रहेको र आचारसँहिता विपरितको काम धाधली मानिने उनीहरुको तर्क छे ।
एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरीत रहेको बताए । ‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ आचारंसहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु ।’
संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उनले बताए । ‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाधली गरियो, यो पनि धाधलीको एउटा रुप हो । यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले न्युज कारखानासँग भने ।
नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ ।
न्युज कारखाना

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।