९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको काँडाघारीबाट म्याद सकिएको मसलाको प्याकेटमा नयाँ लेबल राखेर बेचेको आरोपमा पक्राउ



१४ मंसिर ०७८, काठमाडौं । सोमबार काठमाडौंको काँडाघारीबाट कालोबजारीको अभियोगमा ४५ लाख बराबरको मसला सहित सञ्चालक पक्राउ परेका छन् । प्रहरीका अनुसार म्याद गुज्रिसकेको खाद्य वस्तु विक्रिको सूचनापछि परिचालित विशेष टोलीले कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित सगरमाथा फुड प्रोडक्टका ४४ बर्षिय संचालक पवनकुमार साहलाई पक्राउ गरेको हो ।
उनको कारखानामा म्याद गुज्रिसकेको खाद्यवस्तु रिलेवलिङ गर्दै गरेको अवस्थामा फेला पारी वाणिज्य विभाग समेतको संयुक्त टोली खाद्यवस्तु बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी वाणिज्य विभाग बबरमहलमा वुझाइएको प्रहरीका भनाई छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।